2026-10-22 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

2026-08-21

काठमाडौँ | निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य गर्दैआएको छ । यही बमोजिम मौजुद मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ ।

उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक वनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो । मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ । कुनै मतदाताको नाम एकभन्दा वढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यसअनुसारको विवरण अद्यावधिक गर्न भनिएको छ ।

मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकता निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण आधार भएकाले आफ्नो विवरण अद्यावधिक राख्न तथा मतदाता नामावलीमा रहेका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सम्बन्धित सबै नागरिकबाट सदाझै सहयोग प्राप्त हुने विश्वास आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ