2026-08-22 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली

2026-08-22

काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा नटिक्ने दाबी गरेका छन्। अराजकता र विदेशी शक्तिको आडभरोसामा बनेको सरकारलाई देश जिम्मा लगाएर बस्न नसकिने उनको भनाइ छ। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाइएको आरोप लगाए।

‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर र बाकस साटेर बहुमत ल्याएको देखाइयो,’ ओलीले भने, ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन। बहुमत आयो भन्दैमा जनताले पाँच वर्ष लुटमार गर्न दिएका होइनन्।’

अध्यक्ष ओलीले रास्वपालाई भोट दिएर बहुमत बनाएकोमा अहिले जनतालाई पश्चात्ताप भइसकेको दाबीसमेत गरे। सरकारको स्वेच्छाचारिताविरुद्ध जनता आफैं आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टीपंक्तिलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशनसमेत दिए। वर्तमान सरकारका कारण मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको जिकिर गर्दै उनले अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्नेमा जोड दिए। आफूहरू दरबार छोडाएर गणतन्त्र ल्याउने शक्ति भएकाले कसैसँग नडराउने भन्दै उनले भने, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, हामीलाई मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौं।’ सरकार र उसका समर्थकहरूले सामाजिक सञ्जालमा समेत त्रासको वातावरण सिर्जना गरेको ओलीको आरोप छ। ‘एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ ! सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन, हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ,’ उनले भने।

सामाजिक सञ्जालको आक्रमणबाट नडराई सत्य, जनता र जनजीविकाको पक्षमा खुलेर आवाज उठाउन उनले नेता-कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने