काठमाडौँ | मुस्ताङ भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह म्याग्दीबाट अघि बढेका छन् । म्याग्दी तातोपानीस्थित होटल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन जोमसोमतर्फ बढेका हुन् ।
काठमाडौँबाट शुक्रबार स्थलमार्ग हुँदै गएका बालेन शुक्रबार साँझ कास्कीमा बसेका थिए ।