2026-10-22 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का

2026-08-22

काठमाडौँ | नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टीका सभापति गगनकुमार थापाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। खड्काले वि.सं. २०८२ को राजनीतिक परिदृश्य प्रस्तुत गर्दै थापाको नेतृत्व क्षमता र नियतमाथि प्रश्न उठाएका हुन्। उनले बीपी कोइरालाको सफल ऐतिहासिक नेतृत्व र गगन थापाको असफल नेतृत्वको तुलना गरेका छन् । ‘वि.सं.२०१४ सालमा बीपी कोइराला विशेष महाधिवेशनबाट सभापति बनेपछि सबैलाई समेटेर पार्टी एकताबद्ध बनाए,’ खड्काले भने, ‘त्यसैको परिणामस्वरूप २०१५ सालमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेर दुई तिहाइ नजिकको सरकार बनायो।’

यसको ठिक विपरीत वि.सं.२०८२ पुसमा जबरजस्ती विशेष महाधिवेशन गरेर गगन थापा सभापति बन्ने र पार्टीले लज्जास्पद हार बेहोरेको उनले बताए। ‘निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि ठोस कारणबिनै फिर्ता लिइयो,’ उनले लेखेका छन् । खड्काले वर्तमान नेतृत्वले आफू पद लिने तर दोष जति अरूलाई लगाउने प्रवृत्ति देखाएको आरोप लगाए। मीठो बोल्नु मात्र नेतृत्वको गुण नभएको स्पष्ट पार्दै उनले सामाजिक सञ्जाल र मिडियाको भरमा मात्र पार्टी नचल्ने दाबी गरे। ‘सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन,’ उनले भने, ‘केही सञ्चारमाध्यममा आफ्नो समर्थन जुटाउँदैमा र फरक विचार राख्नेमाथि प्रहार गर्दैमा सङ्गठन बन्दैन।’ कांग्रेस जस्तो पार्टी सङ्गठनको बल, कार्यकर्ताको विश्वास र जनताको मतले मात्र बलियो हुने उनको ठहर छ।

कुशल नेतृत्वले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राख्दै खड्काले सभापति शेरबहादुर देउवाको उदाहरण दिए। आफ्नो पक्षलाई मात्र बलियो बनाउनुभन्दा सबैलाई समेट्ने कला देउवाबाट सिक्न सकिने उनले सुझाए। बारम्बार महाधिवेशनको चर्चा गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले महाधिवेशनको वास्तविक अर्थ सङ्गठनभित्रको लोकतन्त्र र सबैको सम्मान भएको उल्लेख गरे। खड्काले थापालाई दुईमध्ये एक बाटो रोज्न चुनौती दिए। ‘म सबैलाई मिलाउन सक्दिनँ भनेर आफ्नो सीमितता स्वीकार गर्नुपर्छ,’ खड्काले सुझाव दिए, ‘अन्यथा सबै पक्षलाई समेटेर पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्छ।’ कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व नभई इतिहासको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व भएको उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ