2026-10-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग

2026-08-24

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्था नरहेको बताइन्।

उनले घर–परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि संसदसम्म महिलामाथि हुने पीडादायी घटनाबारे सबै जानकार रहेको बताइन्। उनले भनिन्,जन्मिनुअघि नै छोरी भनेर आमाको पेटमा नै हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त बन्छिन्। सबैबाट बचेर बिहे भएर भित्रिँदा दाइजोको नाममा पीडित हुन्छिन् र श्रीमान्बाटै काटिन्छिन्।’

क्षेत्रीले छोरी हुनु नै पापजस्तो बनाइएको भन्दै महिलाले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन्। ‘एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइएको छ। हामीले संविधान मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’उनले भनिन् ।

उनले सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने भन्दै अपराधको गम्भीरताका आधारमा सजायको व्यवस्था हुनुपर्ने बताइन्। उनले भनिन्,‘सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन। एउटा पकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन।’ क्षेत्रीले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गरिन्। यस्तो सजायले अपराध गर्ने सोच नै जन्मिन नदिने गरी कानुन बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ