2026-08-25 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने

2026-08-25

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्। आँखामा देखिएको स्वास्थ्य समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षणको रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन्। संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालो सहन कठिन हुने तथा आँखामा सुख्खापनको समस्या रहेको उल्लेख गरिएको छ। स्वास्थ्य परीक्षण प्रतिवेदनमा उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा प्रश्न उठ्ने गरेको भन्दै कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका थिए। सभामुखको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको प्रतिवेदनसहित संसद् सचिवालयमा पत्र बुझाउनुपर्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार