2026-08-25 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित

2026-08-25

काठमाडौँ | अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार अपराह्न ४ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध हुनुका साथै केही संवेदनशील सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि पूर्ण रूपमा ठप्प छ। बाढी-पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बागमतीका तीन प्रमुख सडकमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ। वि.पि. राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी आवागमन निषेध गरिएको छ भने दिनको समयमा परिस्थितिको मूल्याङ्कन गरी मात्र गाडी चलाउन दिइएको छ।

कान्तिलोकपथको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म र टोखा-छहरे सडक खण्डको नुवाकोट शिवपुरी-८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। उता कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत ईलाम नगरपालिका-९ राजदुवालीस्थित झापा-ताप्लेजुङ सडक खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। उक्त स्थानमा वैकल्पिक सडकमार्फत सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ। यस्तै, मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण अवरुद्ध सडक हाल वैकल्पिक मार्गसहित एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

गण्डकी र कर्णाली प्रदेशका रणनीतिक सडकहरूमा पनि अवरोध कायमै छ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खसेपछि सडक हाल एकतर्फी मात्र सञ्चालनमा रहेको र दुईतर्फी खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ। कर्णाली प्रदेशअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाउँदै यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त सडकमा सावधानीपूर्वक यात्रा गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग