2026-10-19 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’

2026-08-25

काठमाडौँ | श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्। इलाम नगरपालिका-५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले अमूल्य मत दिएर देशको चाबी सुम्पे पनि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले राज्य चलाउन खोजेको आरोप लगाए।

प्रधानमन्त्री बालेन्द्र शाहले नियम-कानुनको धज्जी उडाएको बताउँदै नेता किरातीले भने, ‘नागरिकले देशकै चाबी बालेनको हातमा दिए। तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ। न ट्राफिक लाइट हेर्ने, न अर्काको लेनको ख्याल गर्ने, जहाँ पायो त्यहीँ छिर्ने र जता मन लाग्यो त्यतै पार्किङ गर्ने काम भइरहेको छ।’

सार्वभौम नागरिकले चुनेको नेतृत्वले देशको प्रचलित विधि र कानुनको अनिवार्य पालना गर्नुपर्ने उनले बताए। पछिल्लो समय प्रधानमन्त्री बालेनले मुस्ताङ र पोखरा भ्रमणका क्रममा समेत ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भइरहेको सन्दर्भ उल्लेख गर्दै किरातीले अब देशको बागडोर श्रम संस्कृति पार्टीले सम्हाल्नुपर्ने दाबी गरे। आउने प्रदेश तथा स्थानीय निर्वाचनमा जनताले यो गाडीको चाबी श्रम संस्कृति पार्टीलाई दिने वातावरण बनाउनुपर्ने भन्दै उनले सरकार शासक नभई जनताको सच्चा सेवक हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ