2026-08-26 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन

2026-08-26

काठमाडौँ | रसुवामा बुधबार बिहान आएको अचानकको बाढीपछि १९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरीका अनुसार रसुवागढी प्रहरीचौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आए पनि ६ जना सम्पर्कविहीन रहेको छ ।

बाढीका कारण प्रहरी कार्यालयसमेत बगाएको बताइएको छ। यस्तै, टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन भएका छन्। बुधबार बिहान करिब ९ बजे एक्कासि आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाले दुईवटा हेलिकप्टरसहित टोली परिचालन गरेको छ। धुन्चे, रसुवा र धादिङको गजुरीबाट समेत थप उद्धार टोली प्रभावित क्षेत्रमा पठाइएको छ। अस्पतालमा सेनाका स्वास्थ्यकर्मीसहितको टोली पनि परिचालन गरिएको छ।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो