2026-10-19 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन

2026-08-26

काठमाडौँ | रसुवामा बुधबार बिहान आएको अचानकको बाढीपछि १९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरीका अनुसार रसुवागढी प्रहरीचौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आए पनि ६ जना सम्पर्कविहीन रहेको छ ।

बाढीका कारण प्रहरी कार्यालयसमेत बगाएको बताइएको छ। यस्तै, टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन भएका छन्। बुधबार बिहान करिब ९ बजे एक्कासि आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाले दुईवटा हेलिकप्टरसहित टोली परिचालन गरेको छ। धुन्चे, रसुवा र धादिङको गजुरीबाट समेत थप उद्धार टोली प्रभावित क्षेत्रमा पठाइएको छ। अस्पतालमा सेनाका स्वास्थ्यकर्मीसहितको टोली पनि परिचालन गरिएको छ।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ