
काठमाडौँ | रसुवामा आएको बाढीपछि कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ५० जना पर्यटक सम्पर्कविहीन भएका छन्।
काठमाडौँको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले बताएका हुन् । पाण्डेकाअनुसार उनीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान गरेका थिए। रसुवा बोर्डर पुगेपछि आएको बाढीका कारण उनीहरूसँग सम्पर्क टुटेको हो।
सम्पर्कविहीन हुनेमा भारतीय मूलका ४० जना अमेरिकी तथा क्यानडेली नागरिक र १० जना नेपाली रहेका छन्। उनीहरूको अवस्था बुझ्न तथा सम्पर्कमा ल्याउन प्रयास भइरहेको बताइएको छ।