
काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बस्ने गरी बैठक बोलाएका हुन् । भोटेकोसी नदीमा आएको बाढीबारे छलफल हुन लागेको हो । त्यसअघि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका थिए ।