काठमाडौँ | जिल्ला सदरमुकाम धादिङबेँसी आउने मलेखु-फुर्केखोला सडकखण्डमा रहेको पुल बाढीले बगाएको छ। बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।
पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।