
काठमाडौँ | कोशी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि सुनसरी र सप्तरीको आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो । कोशी ब्यारेजको पछिल्लो विवरणअनुसार पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक पुगेको छ। पानीको बहाव बढ्दो क्रममा रहेको र ब्यारेजका १५ वटा ढोका खोलिएको जनाइएको छ।
कोशी ब्यारेजको विवरणमा नदीको अवस्था खतरा तहमा पुगेको छ। कोशी नदीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।