
काठमाडौँ | रास्वपाका सभापति रवि लामिछानेले विपद्मा खोजी र उद्धारमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले देशमा घाउ लाग्दा विदेशमा रहेकाले मल्हमको जोहो गर्ने विश्वास व्यक्त गरे । लामिछानेले ठूलो चुनौतीको सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य रहेको बताए ।
“ठूलो चुनौती हामीमाझ आइपरेको छ । जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ,” उनले भने, “सामर्थ्य पूरा गरेर आपतमा परेका विपद्मा परेका नागरिकलाई पुनर्स्थापनाका लागि प्रतिबद्ध भएर राज्यको सबै संयन्त्रको प्रयोग गरेर अघि बढ्नेछौँ ।”