काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीका कारण भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
रास्वपाका अनुसार बैठक दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोगका लागि पार्टी र सांसदहरूको भूमिकाबारे छलफल हुने जनाइएको छ।