2026-10-19 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा

2026-08-27

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा राज्यसँग उपलब्ध नियमित स्रोत-साधनबाहेक निजी क्षेत्र, राजनीतिक दल तथा सामाजिक संघसंस्थासहित सबै शक्तिलाई परिचालन गर्नुपर्ने बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विपत्तिमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने बताए। उनले अहिलेको प्राथमिकता अझै पनि खोज, उद्धार र तत्काल राहत नै रहेको बताए।

उनले भने, ‘सरकारसँग भएका स्रोत साधनले मात्र ठूलो प्राकृतिक विपत्तिको सामना गर्न सम्भव हुँदैन। सबै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्थालाई राज्यको शक्तिका रूपमा लिएर परिचालन गर्नुपर्छ।’

राजनीतिक दलका कार्यकर्तालाई पार्टीको झन्डा वा पहिचानभन्दा माथि उठेर स्वयंसेवीका रूपमा परिचालित हुन आग्रह गरे। उनले भने, ‘गृहमन्त्रीले विपद्ग्रस्त क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खोज र उद्धारका निम्ति परिचालित गरिदिनुपर्‍यो भन्नुभयो। आआफ्नो पार्टीभित्र विपद्का संरचनाहरू बनाएका छौँ, ती संरचनाहरू सरकारसँग समन्वय गरिकन अगाडि बढ्छौँ।’

कोभिडलगायतका विपत्तिका समयमा कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको भन्दै यसपटक त्योभन्दा बढी सहयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको बताए। पार्टीका विभिन्न संयन्त्रसँग छलफल गरेर एकमुष्ट रूपमा एक दुई दिनभित्रमा सरकारको राहत कोषमा सहयोग गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ