काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर करिब एक सय चिनियाँ नागरिक बेपत्ता भएको चीनको विदेश मन्त्रालयले जनाएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल तर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले नेपाली अधिकारीको समन्वयमा यस सम्बन्धी थप विवरणहरूको पुष्टि र खोजी कार्यलाई अघि बढाइ रहेको उनले बताइन्।