2026-10-19 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु

2026-08-28

काठमाडौँ | रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ । त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरू भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ ।

केही शवको नदीमा मुचुल्काको काम भइरहेको उनले जानकारी दिए । तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ । आफन्तहरूले सो ‘डिस्प्ले’मा हेरेर पहिचान गर्ने उपरीक्षक पौडेलले जानकारी दिए । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा पनि राखिने उनले जानकारी दिए । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ । अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ ।

पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकीन गरिने उनले जानकारी दिए । पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ । चितवनतर्फका त्रिशूली र नारायणी किनारमा आज पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शवको खोजी गरिरहेका छन् । स्थानीय र बेपत्ताका परिवारले नदी किनारमा शव भेटेपछि सुरक्षा निकायलाई खबर आउनेक्रम पनि चलिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ