
काठमाडौँ | धादिङ जिल्ला प्रशासन कार्यालयले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल बस्ती खाली गर्न आग्रह गरेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार, बाढी रसुवा क्षेत्रमा आइपुगिसकेको छ। उक्त बाढीले धादिङका तल्लो तटीय क्षेत्रमा पनि जुनसुकै बेला असर पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न स्थानीयलाई नदी किनारबाट टाढा सुरक्षित स्थानमा सर्न विशेष अपिल गरिएको छ।