2026-10-19 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ

2026-08-28

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा, जोखिममा परेकाहरूको उद्धार र तत्काल राहत व्यवस्थापन हुनुपर्ने बताएका छन् । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष घिसिङले रसुवा आफ्नो पौरख र जीवनको महत्त्वपूर्ण समय जोडिएको क्षेत्र भएको स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

अध्यक्ष घिसिङले भने, ‘संरचना फेरि बनाउन सकिन्छ, तर गुमेका जीवन फर्काउन सकिँदैन। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ— मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउने । त्यसपछि प्रभावित परिवारलाई पुनः आफ्नो जीवनमा फर्काउन पुनःस्थापनाको काम अघि बढाउनुपर्दछ ।’

विपद्को सामना सरकार एक्लैको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको साझा जिम्मेवारी हो । सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर संकटको सामना गर्नुपर्ने बेला हो । संसारभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक आग्रह गर्दछु। हाम्रो सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ ।’

यसैगरी अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त बनेका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सडक पूर्वाधारको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । त्यसका लागि आवश्यक बौद्धिक तथा भौतिक सहयोग गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ