2026-08-28 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान

2026-08-28

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली र नारायणी नदीमा ल्याएका शवमध्ये दुई जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएपछि आफन्तले तस्बिरका आधारमा दुई शवको सनाखत गरेका हुन् ।

पहिचान हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरी र रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका–४ नेवारपानीका ४३ वर्षीय रामकाजी पौडेल रहेका छन् । कबिरलालको शव उनका दाजु सुग्रिन थारूले तथा रामकाजीको शव उनका दाजु सुवास पौडेलले पहिचान गरेका हुन् । प्रहरीका अनुसार बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म १८६ वटा शव फेला परिसकेका छन् । पहिचान सहज बनाउन भेटिएका शवलाई सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

प्रहरीले चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्ड राखेर पहिचान हुन बाँकी शवका तस्बिर सार्वजनिक गरेको छ । हालसम्म २२ वटा शव केन्द्रमा लगिएको र ४० भन्दा बढी शवका तस्बिर डिस्प्ले बोर्डमा राखिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । अन्य शवको भरतपुर अस्पतालमा सफाइ तथा तस्बिर खिच्ने काम भइरहेको छ ।

डिस्प्ले बोर्डमा राखिएका तस्बिर हेरेर आफन्तले आफ्ना परिवारका सदस्यको शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । साथै, खिचिएका तस्बिर नेपाल प्रहरीको पोर्टलमा राख्नुका साथै सम्बन्धित आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा समेत पठाइनेछ । शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्र तथा आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरीले जनाएको छ । शवको पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो