2026-10-19 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ

2026-08-29

काठमाडौँ | केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन । शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिनेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँड्नुभएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए । सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुग्नुभएका शिक्षक राई बिहीबार राति गाउँलेहरूसँग बास बस्नुभएको जानकारी पाइएको उनको भनाइ छ । सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ