2026-08-31 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो

2026-08-31

काठमाडौँ | रसुवा बाढीमा परी नारायणी नदी हुँदै बेगर भारत पुगेका ४ जनाको शव पश्चिम नवलपरासी प्रहरीले ल्याएको छ। भारतीय प्रहरीको समन्वयमा उक्त शव आइतबार राति ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले नदीबाट बगेर नवलपरासीसँग सीमाना जोडिएको भारतको महाराजगञ्ज जिल्लामा पुगेका शव ल्याइएको जानकारी दिए ।

नवलपरासी ल्याइएका शवमा तीन महिला र एक पुरुषको रहेको छ । नेपालबाट बग्दै गएका शव भारतमा समेत पुगेकाले त्यहाँका सुरक्षाकर्मीहरूले पनि खोजी कार्यलाई तीव्रता दिएको डीएसपी थापाले बताए । नेपालमा परेको विपद सीमासँग जोडिएका भारतीय सुरक्षाकर्मीहरूले पनि तदारुकताका साथ सहयोग गरिरहेका छन् ।

नवलपरासीको नारायणी नदीबाट अहिलेसम्म ४१ मानव अंगसहित १५५ जनाको शव फेला परेको छ । फेला परेका शव परासी, बुटवल, भैरहवा र कपिलवस्तु अस्पतालमा राखिएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना