2026-10-19 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला

2026-09-01

काठमाडौँ | चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन् । बाढीबाट नुवाकोट,रसुवा र धादिङ जिल्ला प्रभावित भएका छन्। नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती बगाएको छ । बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ । बाढीपछि नुवाकोटका एकहजार आठसय ४८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई हजार नौ सय ९२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

घाइते ३ जनाको उपचार भइरहेको छ । बाढीले नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा रहेको दुईवटा पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएको छ । त्रिदेशीय मार्ग अन्र्तगत गल्छी–देवीघाट–बिदुर–वेत्रावति सडक पहिरोले ठाउँ/ठाउँमा बगाएको डीएसपी हवारीले बताए । पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम भइरहेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठूला बस्तीहरू बगाएको छ । बिदुर र वेलकोटगढी नगरपालिका,किस्पाङ र तारकेश्वर गाउंपालिकाका नदी तटीय बस्ती बगाएको हो ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित शान्तिबजार,बेत्रावती,सोले,तुप्चेफांट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट किनारा, तारुकाघाट, केउरेनी, कोल्पुटारफाँटमा ठूलो क्षति गरेको छ । भीमकाय अकल्पनीय बाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथ्यांक संकलन गर्ने कार्य गरिरहेको छ । बाढीले त्रिशूली नदीको किनारामा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै स्थानमा २२ जनाको शव फेला पारेको प्रहरी नायव उपरीक्षक हवारीले जानकारी दिए। उनका अनुसार फेला परेकामध्ये ६ जनाको शव हेलिकोप्टरमार्फत् निकालिसकिएको र बाँकी शव संकलन गर्ने कार्य भइरहेको छ ।

डीएसपी हवारीका अनुसार एकै घरभित्र २२ जनाको शव फेला परेको र त्यसको विवरण संकलन कार्य भइरहेको छ । नुवाकोट र रसुवाको सिमा नपुग्दै नुवाकोटको बेत्रावतीस्थित घरमा ती शवहरू फेला परेका हुन् । होटेल हो वा अन्य के हो? विवरण संकलन गर्ने कार्य भइरहेको हवारीले बताए । गोसाइँकुण्ड मेलाको क्रममा तीर्थयात्रीहरू होटेलमा खाना खान वा बास बसेको स्थानमा सो घटना भएको बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ