कात्तिक २६, साना (रासस/एएफपी) | साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ । 

उक्त सेनाले यमनको रक्षा मन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, साना (रासस/एएफपी) | साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ । 

उक्त सेनाले यमनको रक्षा मन्त्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण

२६ कार्तिक २०७४, आईतवार १२:१२

कात्तिक २६, साना (रासस/एएफपी) | साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ । 

उक्त सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ । अरु क्षतिको बारेमा भने केही बताइएको छैन । 

हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले सो जानकारी दिएको छ । उक्त सञ्चारकाअनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर सो हमला गरेको थियो । 

एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षगरेर हमला गरेको थियो र त्यसका कारण मेरो घर समेत हल्लेको थियो । 

उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा बर्साएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन् । 

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु 

उता प्राप्त अर्को  एक समाचारमा सरकारी सुरक्षाकर्मीसँग शुक्रबार दिउसो भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाले जनाएको छ । 

यमनी सेनाका एकजना कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएअनुसार दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएको कारबाहीमा ३५ जनाको मृत्यु भएको र झडपमा १९ जना विद्रोही घाइते भएका छन् । 

झडपका क्रममा सरकारी सुरक्षाकर्मीले केही स्थानमा बिछ्र्याइएका शक्तिशाली विस्पोटक पदार्थलाई पनि निस्क्रिय पारेको जनाएको छ । त्यस्तै ठूलो मात्रामा बन्दोबस्तीका सामान तथा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ । 

सेनाले आफ्नोतर्फ क्षति भएको वा नभएको सम्बन्धमा केही जनाएको छैन । तर स्थानीय स्वास्थ्यकर्मीले भने सरकारी सुरक्षाकर्मीतर्फ पनि केहीको मृत्यु भएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य