
काठमाडौँ | नेपाल, भारत सीमाक्षेत्रमा बग्ने नदीमा समेत भोटेकोशी बाढीले बगाएका सव फेला परेका छन् । तिनलाई भारतीय प्रशासन र नागरिकले संकलन गरेका छन् । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि, भारतको सीमामा बग्ने नदीहरूबाट हालसम्म कुल १७ वटा सव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशका महराजगञ्ज र कुशीनगर जिल्लामा बग्ने नदीहरूबाट ती सव बगेर भारतीय क्षेत्रमा पुगेका हुन्।
भारतीय प्रशासनले शवको पोस्टमार्टम र कानुनी प्रक्रिया पूरा गरी पहिचानका लागि नेपाल प्रहरी र सम्बन्धित निकायलाई जनाएको छ। हालै भारतको महराजगञ्ज सीमाबाट चार वटा सव पश्चिम नवलपरासीस्थित नेपाल प्रहरीलाई बुझाइएको छ।