2026-10-19 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने

2026-09-01

काठमाडौँ | रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले सहयोग गर्ने भएको छ । चीनले डीएनए पहिचान विज्ञसहित परीक्षण उपकरण नेपाल पठाउने तयारी गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपाललाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार चीनले डीएनए पहिचान विज्ञसँगै डीएनए परीक्षण उपकरण, ड्रोन तथा जलशुद्धीकरण उपकरण समेत नेपाल पठाउने तयारी गरेको छ । गत हप्ताको बुधबार रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानबाट ठूलो संख्यामा शव फेला परिरहेका छन् । लामो समय नदीमा डुबेका कारण कतिपय शवको अवस्था बिग्रिँदा प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ ।

शवको पहिचानमा समस्या देखिएपछि परिवारका सदस्यबाट नमुना संकलन गरी डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया प्रभावकारी विकल्प बनेको छ । यही अवस्थामा चीनबाट विज्ञ र आवश्यक उपकरणसहितको सहयोग आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ