2026-09-01 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने

2026-09-01

काठमाडौँ | रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले सहयोग गर्ने भएको छ । चीनले डीएनए पहिचान विज्ञसहित परीक्षण उपकरण नेपाल पठाउने तयारी गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपाललाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार चीनले डीएनए पहिचान विज्ञसँगै डीएनए परीक्षण उपकरण, ड्रोन तथा जलशुद्धीकरण उपकरण समेत नेपाल पठाउने तयारी गरेको छ । गत हप्ताको बुधबार रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानबाट ठूलो संख्यामा शव फेला परिरहेका छन् । लामो समय नदीमा डुबेका कारण कतिपय शवको अवस्था बिग्रिँदा प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ ।

शवको पहिचानमा समस्या देखिएपछि परिवारका सदस्यबाट नमुना संकलन गरी डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया प्रभावकारी विकल्प बनेको छ । यही अवस्थामा चीनबाट विज्ञ र आवश्यक उपकरणसहितको सहयोग आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र