2026-09-02 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम

2026-09-02

काठमाडौँ | जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ । महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल–चीनको सीमा क्षेत्र नजिकै ताल बनेको छ । उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएका छौँ । वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ ।’

विष्टका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ्ने सम्भावना छ ।

महाशाखाले ती क्षेत्रका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन