2026-09-02 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन

2026-09-02

काठमाडौँ | प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सुरुङभित्रको विशिष्ट र कठिन परिस्थितिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताएका हुन् । प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ हुनुको मुख्य कारण त्यहाँको भौगोलिक र प्राविधिक कठिनाइ हो। उनले भने, ‘सुरुङमा आएको यो विपत्ति अन्य सामान्य पहिरोभन्दा फरक छ। विश्वभर नै सुरुङमा पहिरो जाँदा उद्धार गर्ने विज्ञता भए पनि, यस पटक बाढीसँगै आएको लेदो र माटोले सुरुङलाई पूर्ण रूपमा थुनेको छ ।’

उनले थप स्पष्ट पार्दै भने सुरुङभित्र जमेको लेदोमा मानिसहरू टेक्न सक्ने अवस्थासमेत थिएन । ‘त्यहाँको हिलो र लेदो यति धेरै छ कि न त स्काभेटरहरू अडिन सक्छन्, न त हेलिकप्टर ल्यान्ड गर्न नै सहज छ,’ उनले उल्लेख गरे । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूले ज्यान जोखिममा राखेर प्रयास गरिरहेको भए पनि प्राविधिक कारणले तुरुन्तै भित्र पस्न सम्भव नभएको उनको भनाइ थियो।

सुरुङमा फसेकाको उद्धारको लागि भारत, चीन र कोरियाका प्राविधिक विज्ञ टोलीहरूसँग पनि निरन्तर समन्वय भइरहेको प्रधानमन्त्रीले जानकारी दिए । ‘विज्ञ टोलीहरूले पनि हवाई मार्गबाट सो क्षेत्रको रेकी गरिसकेका छन् । मौसमले साथ दिएपछि र सुरुङभित्रको लेदो केही सुकेपछि मात्रै सुरक्षित रूपमा पसेर काम गर्न सकिने प्राविधिक सुझाव आएको छ,’ उनले भने । सुरुङ उद्धारमा भइरहेको ढिलाइलाई लिएर सामाजिक सञ्जाल र जनस्तरमा उठेका गुनासोहरूप्रति सरकार सचेत रहेको बताउँदै प्रधानमन्त्री शाहले भने, ‘जनताको गुनासो र विचलित अवस्थालाई हामीले बुझेका छौँ । तर यो बिल्कुलै फरक र जटिल प्राविधिक अवस्था हो । यस्तो बेलामा उद्धारमा खटिएका सुरक्षाकर्मी र प्राविधिकहरूलाई हतोत्साहित गर्नुभन्दा प्रोत्साहन दिन म सबैलाई अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरका ८ वटा सञ्चालित र ४ वटा निर्माणाधीन जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको पनि जानकारी दिए । सुरुङभित्र फसेकाहरूको खोजी र उद्धारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता गरे । प्रधानमन्त्री बालेनका अनुसार बाढीका कारण विद्युत् उत्पादन गरिरहेका आठ वटा आयोजनामा २८१ मेगावाट र निर्माणाधीन चार वटामा ३८८ मेगावाट क्षतिग्रस्त भएका छन् । ‘जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र ठुलो लगानी लाग्ने देखिएको छ,’ प्रधानमन्त्री बालेनले भने, ‘बाढीका कारण ४ हजार ३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।’

प्रधानमन्त्रीले नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा बिद्युत् सेवा पुनः प्रवाह गरिरहेको पनि जानकारी दिए । उनले धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु