काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजे सानेपास्थित बीपी स्मृति भवन, बीपी नगरमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए ।
बैठकमा केन्द्रीय अनुशासन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।