2026-10-19 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव

2026-09-03

काठमाडौँ | नेकपाका नेता एवं सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर भोटेकोशी बाढीबाट भएको क्षति र भावी जोखिम न्यूनीकरणका लागि सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार भएको भेटमा पुनले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारले दातृ सम्मेलन आयोजना गर्नुपर्ने सुझाव दिए ।

विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रमा विपद्का घटना बढिरहेको तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्दै नेपालले क्षतिपूर्ति दाबी गर्नुपर्ने उनको सुझाव छ । त्यसका लागि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर विश्व समुदायसमक्ष अपिल गर्नुपर्ने पुनले बताएका छन् ।

सरकारले सर्वदलीय बैठक, राष्ट्रिय समन्वय परिषद्को बैठक तथा सबै पक्षसँग आवश्यक छलफल र परामर्श गरी एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर विपद्को सामना गर्नुपर्ने सुझाव पनि पुनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ