2026-09-03 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव

2026-09-03

काठमाडौँ | नेकपाका नेता एवं सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर भोटेकोशी बाढीबाट भएको क्षति र भावी जोखिम न्यूनीकरणका लागि सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार भएको भेटमा पुनले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारले दातृ सम्मेलन आयोजना गर्नुपर्ने सुझाव दिए ।

विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रमा विपद्का घटना बढिरहेको तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्दै नेपालले क्षतिपूर्ति दाबी गर्नुपर्ने उनको सुझाव छ । त्यसका लागि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर विश्व समुदायसमक्ष अपिल गर्नुपर्ने पुनले बताएका छन् ।

सरकारले सर्वदलीय बैठक, राष्ट्रिय समन्वय परिषद्को बैठक तथा सबै पक्षसँग आवश्यक छलफल र परामर्श गरी एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर विपद्को सामना गर्नुपर्ने सुझाव पनि पुनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे