
काठमाडौँ | नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले रसुवा बाढी प्रभावित नागरिकका लागि तत्कालीन उद्धार राहतका क्रममा तदारुकता देखाएपनि विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको उद्धारमा चुकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै बरालले क्रममा टनेलमा फसेका नागरिकको उद्धारमा चुकेको बताएका हुन् ।
‘सरकारले जेजति गरेको छ त्यसलाई धन्यवाद दिनुपर्छ तर विद्युत् आयोजनाको टनेलमा फसेका निर्माणकर्मी र प्राविधिक उद्धार कार्यमा सरकार गम्भीर रूपमा चुकेको छ’, बरालले भने, ‘निर्माण क्षेत्रमा खटेका कम्पनीहरूलाई सुरुमै उद्धार कार्यमा सामेल गराउन सकेको भए फसेका नागरिकहरूलाई बचाउन सकिन्थ्यो ।’
बाढीपछि हुने कामको राहत तथा पुननिर्माणलगायतका कामको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न माग गरे ।