
काठमाडौँ | प्रतिनिनिधिसभाको बैठक अब भदौ २४ गते बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि अर्को बैठक २४ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।
आजको बैठकमा सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानकर्षण गराएका थिए । अर्को बैठक ६ दिनपछि बस्ने भएको हो । बीचमा सार्वजनिक बिदा र राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णयपछि बैठक २४ गते बस्ने तय भएको जनाइएको छ ।