2026-09-04 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता

2026-09-04

काठमाडौँ | रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शव मध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ ।

आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो । त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बेपत्ता हुनेमा पुरुष दुई हजार ३६९ र महिला ४७८ जना छन् । प्रवक्ता काफलेका अनुसार फोनबाट जानकारी प्राप्त भएका एक हजार ३५० जना तथा विदेशी नागरिकतर्फ ६०१ जना बेपत्ता रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ । ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो