काठमाडौँ | बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ । उनीविरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाइएको छ ।