
काठमाडौँ | म्याग्दीमा एक वृद्धाको हत्या भएको छ। सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ७२ वर्षीय मनकुमार घिमिरेको हत्या भएको हो। म्याग्दी प्रहरीका अनुसार आफ्नै नातीले मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
बिहान साढे ११ बजे मनकुमारीको हत्या गरेको आरोपमा उनकै छोरीपट्टिका नाती आशिष बरूवाल पक्राउ परेका छन्। हत्यापश्चात उनी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले उनलाई बेनी नगरपालिका-२ हाडेभिरबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।