2026-09-08 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा

2026-09-08

काठमाडौँ | भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन्। विराटनगरको सीमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य एक सय २० रुपैयाँ प्रति किलो रहेको छ। भारत सरकारले शून्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो । नेपाल सरकारले भने १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरूले बताएका छन् ।

नेपालका चिनी मिलहरूले न्यून मूल्यको बिल काटेर बढी मूल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मूल्य घट्न नसकेको चिनी आयातकर्ताहरूले जनाएको छ । दसैँ अगाडि नै चिनी ल्याउन नसके चिनीको मूल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताए। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका कारण सीमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सीमा बल एसएसबीले रोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग