काठमाडौँ | रसुवाको भोटेकोशी नदीमा भदौ १० गते तिब्बतबाट आएको हिमआँधीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३६६ पुगेको छ । मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको प्रहरीले बताएको हो ।
भेटिएकामध्ये अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ भने बाँकीको डीएनए नमूना लिइएको छ । बाढीमा परेका चार हजार ७७ जना अझै सम्पर्कविहीन छन् । त्यसमध्ये नेपाली नागरिकहरू २ हजार ९०७ पुरूष, ५७२ महिला तथा विदेशी नागरिकहरू २६९ पुरूष र ३२९ जना छन् ।