
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरुलाई प्राकृतिक विपत्तिका मृतक मान्न तयार नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरुलाई प्राकृतिक विपत्तिका मृतक मान्न तयार नभएको बताएका हुन् ।
‘भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरुलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनुहुँदैन । ती जलवायु अन्यायका पीडित हुन्,’ उनले भने, ‘आफ्नो कुनै गल्ती नभएपनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य ती निर्दोशहरुलाई मानव सभ्यताले ढिलोचाडो कुनै विशेष दर्जा दिनेछ ।’
उनले यो विपत्तिका कारण उनीहरु नभएको र विश्वको तापक्रम उनीहरुले नबढाएको उल्लेख गरेका छन् । साथै, बाढी प्रभावितले हिमाल पगाल्ने कार्बन उत्सर्जन नगरेको पनि बताएका छन् ।