2026-09-09 05:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने

2026-09-09

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट परिस्थितिलाई हेर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे । उनले विपत्तिको संवेदनशील समयमा राज्यले देखाएको सक्रियता र व्यवस्थापन सकारात्मक रहेको बताए ।

उनले भने, ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ।’

प्रतिकूल मौसम तथा सडक अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर प्रभावित क्षेत्रमा पुगेर गरेको कामको पनि उनले उच्च प्रशंसा गरे । लामिछानेले यसपटकको हवाई उद्धार प्रयास विगतको तुलनामा व्यवस्थित र व्यापक रहेको उल्लेख गर्दै विपत्तिग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन खोजिएको बताए । उनले राजनीतिक खिचातानीप्रति असन्तुष्टि जनाउँदै विपत्तिको समयमा राजनीतिक स्वार्थभन्दा नागरिकको जीवनरक्षा प्राथमिकतामा हुनुपर्ने धारणा राखे । ‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन्। अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो,’ उनले भने ।

लामिछानेले विपत्तिको कठिन समयमा राज्यका सबै संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको उद्धार तथा राहत प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो सुनको मूल्य तोलामा ३ हजारले घट्यो, चाँदी पनि सस्तियो एलपी ग्यासमा नयाँ व्यवस्था, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा