
काठमाडौँ | सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा संसद्मा रहेका विपक्षी दलहरूको बैठक बसिरहेको छ । बैठकमा कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
बैठकमा भोटेकोशी नदी प्रणालीमा बाढीले पुर्याएको क्षति, सर्वदलीय बैठकका निर्णयहरू कार्यान्वयन प्रक्रिया र सरकारले गठन गरेका विभिन्न समितिबारे छलफल भइरहेको छ ।