
काठमाडौँ | उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । बिहीबार (भदौ २५) प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राजीनामा बुझाएकी हुन् ।
बुधबार (भदौ २४) बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उद्योगी–व्यवसायीप्रति मन्त्रीको अभिव्यक्तिमा विभिन्न संघसंस्थाहरूले आपत्ति जनाएका थिए ।