2026-09-10 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन

2026-09-10

काठमाडौँ | प्रसवपीडामा रहेकी महिलाले गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटबाहिर शिशु जन्माएको घटनापछि अस्पताल प्रशासनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा राजविराज नगरपालिका १४ की बबिता कुमारी पासवानलाई राति करिब २ बजे G4 P3 प्रसवको सुरुवाती अवस्थामा अस्पताल ल्याइएको उल्लेख छ । उनलाई प्रारम्भिक स्वास्थ्य परीक्षण गरी प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।

आवश्यक जाँचसम्बन्धी रिपोर्ट नआएको भन्दै चिकित्सकले थप आवश्यक परीक्षण गर्न सुझाव दिएको अस्पतालको भनाइ छ। तर, त्यसपछि उनी र उनका श्रीमानले अस्पतालले उपलब्ध गराएको शैयामा नबसी बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी अस्पतालले पाएको विज्ञप्तिमा उल्लेख छ। शिशु जन्मिएपछि आमा र बच्चासहित पुनः प्रसूति वार्डमा आएपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले सुत्केरीपछिको आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक आग्रह गरेको भए पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालको दाबी छ।

सुत्केरी बबिता र नवजात शिशुलाई अस्पतालमा पुनः भर्ना गरी प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्वास्थ्य स्याहार भइरहेको अस्पतालले जनाएको छ । उनीहरूलाई बेड नम्बर २२ मा राखिएको र आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ। घटनापछि अस्पताल प्रशासनले बबिता र नवजात शिशुको हालसम्मको आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा आवश्यक सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

अस्पतालले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, प्रसूति सेवा व्यवस्थापन तथा सेवाग्राहीप्रतिको जवाफदेहिता अझ सुदृढ बनाउने प्रतिबद्धतासमेत जनाएको छ। यस घटनाले एकातर्फ विपन्न नागरिकले सरकारी स्वास्थ्य संस्थामा भोग्नुपरेका समस्यामाथि प्रश्न उठाएको छ भने अर्कोतर्फ अस्पताल प्रशासनले सार्वजनिक गरेको विवरणले घटनाको जिम्मेवारी र वास्तविक परिस्थितिबारे थप छानबिन आवश्यक देखाएको छ। परिवारको आरोप र अस्पतालको स्पष्टीकरणबीचको वास्तविकता निष्पक्ष छानबिनपछि मात्रै स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा