2026-09-11 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले

2026-09-11

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो स्पष्ट पारेका हुन्। सरकार आफैँले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत रहेको उनले बताए। सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने उनले जानकारी दिए।

उनका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सातवटा उद्योगको विस्तृत मूल्याङ्कन (डीडीए) भइसकेको छ। ती निकायको मूल्याङ्कनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरेर निजी क्षेत्रलाई सञ्चालनका लागि दिन सकिने उनले बताए। विगतमा उत्पन्न भएका विवादित विषयलाई नछोई निजी क्षेत्रले सञ्चालनको जिम्मेवारी लिन सक्ने व्यवस्था मिलाइने उनले उल्लेख गरे। उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

सरकारले उद्योग चलाउन खोजेको भ्रमबारे बोल्दै उनले भने, ‘सरकारले उद्योग नै चलाउन थाल्यो भन्ने परेको छ। हामीले धुलो टक्टक्याएका मात्र हौँ। यसलाई एउटा निश्चित बिन्दुमा पुर्‍याएर निजी क्षेत्रलाई नै दिने हो।’ सार्वजनिक लगानी व्यवस्थापन समितिमार्फत कार्य अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘अन्जनजी समेत मेम्बर रहेको सार्वजनिक लगानी व्यवस्थापन समिति छ। अर्थमन्त्रीको नेतृत्वमा गोरखकाली, हेटौँडा सिमेन्ट र उदयपुरको विधिवत् डीडीए गरिएको छ।’

जग्गाको स्वामित्व र सञ्चालन मोडेलबारे स्पष्ट पार्दै उनले भने, ‘सातवटा निकायको डीडीएको निष्कर्षअनुरूप सरकारी जग्गा र स्वामित्वमा केही थपघट होला तर यो नेपाली जनताको स्वामित्वमा रहेको जग्गा हो। २०४८ सालमा आएको ठुलो विवादलाई हामी छुँदैनौँ, निजी क्षेत्रलाई अपरेसनल लिजमा चलाउन दिने वातावरण बनाउँदै छौँ।’ पुराना दायित्व फछ्र्यौटबारे बोल्दै उनले थपे, ‘दशकौँसम्म ऋण, ब्याज र सावाँले थिचेर बसेका धेरै आर्थिक दायित्वलाई फरफारक गर्नुपर्नेछ। त्यतातिर हामीले मेहनतका साथ काम गरिरहेका छौँ। त्यो निजी क्षेत्रलाई नै चलाउन दिने गरेर अगाडि बढ्ने हो। त्यसैले यो प्रिम्याच्योर भाष्य निर्माण गर्नु उपयोगी छैन।’

अन्त्यमा, अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउन केन्द्रित रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह