2026-09-11 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन

2026-09-11

काठमाडौँ | १० भदौमा आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये १,३८५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२, रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, गोरखामा ७७, तनहुँमा ३८ शव फेला परेका हुन् । यस्तै, उपचारका क्रममा २ जनाको काठमाडौँमा मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि अझै ५,१३० जना सम्पर्कविहीन छन् । हालसम्म १३,६७६ जनाको उद्धार गरिएको छ । हाल ३३७ जना विभिन्न १९ अस्पतालमा उपचाररत छन् भने २६१ जना डिस्चार्ज भइसकेका छन् ।

यस्तै, ३७ वटा होल्डिङ सेन्टर विस्थापितलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जनाले आश्रय लिइरहेका हुन् ।

प्राधिकरणका अनुसार खोजी तथा उद्धारमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी २१ हजार २२ सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतिग्रस्त पुलहरुमध्य हाल नुवाकोटको देवीघा६मा एक्रो बिज जडान गरी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन