2026-10-30 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह

2026-09-12

काठमाडौँ | विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् । शनिबार आफ्नो फेसबुकमार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।

मन्त्री पुनले सुनिल लुंगेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुँदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन सक्नुहुन्छ ? भन्दै स्ट्याटस लेखेका छन् । यद्यपि, मन्त्री पुनले उद्धार गर्न आग्रह गर्दा उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कार्यस्थलमा रोजगारदाता कम्पनीले लुंगेली मगरको राहदानी खोसेर राखिदिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताएका छन् । महावीर आफैँ मन्त्री भएका कारण परराष्ट्र मन्त्रालय वा श्रम मन्त्रालयमार्फत ती नेपालीलाई उद्धार गर्न सकिन्थ्यो तर उनले सरकारी निकायबाट पहल नगरी सिँधै आफ्ने फेसबुकमा उद्धारको आह्वानसहित पहल गर्न आग्रह गरेका छन् ।

मन्त्री पुनले मगरसँग राहदानीबाहेक अन्य कागजातहरू पनि सुरक्षित रहेको बताउँदै शारजहाँ वा दुबई क्षेत्रमा रहेका नेपाली समुदाय तथा सङ्घ–संस्थालाई ती युवाको सम्पर्कमा पुगेर यथाशीघ्र उद्धार गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित