2026-09-12 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति

2026-09-12

काठमाडौँ | रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ । ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ४० लाखको क्षति भएको छ । त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ । प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा रु ६७ करोड १३ लाखको क्षति भएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा रु २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ ।

उक्त रकमबाहेक पनि छुट्टै रु १९ करोड ५९ लाख क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा रु छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लााख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह