2026-09-15 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल

2026-09-15

काठमाडौँ | नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले जनताले कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्था भोग्नुपरेको जिकिर गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद बरालले भनिन्, ‘जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले सरकारले तुरुन्तै सुधारको बाटो समात्नु पर्ने समेत बताइन् ।

सरकारी निकायहरूको लापरवाही र गैरजिम्मेवारपनका कारण नागरिकले सास्ती भोग्नुपरेको बताउँदै उनले विशेष गरी तराईका सडकको दुरवस्था, कालाबजारी र सुशासनको अभावलाई लिएर सरकारको कडा आलोचना गरिन्। सांसद बरालले कर्णाली र तराईका विभिन्न स्थानमा सडक सञ्जालको अवस्था नाजुक रहेको बताइन् । उनले भनिन्, ‘सडक बनाउने नाममा सुर्खेत वा जुम्लाबाट सामान ल्याएर बाटो बनाउने जस्ता अवैज्ञानिक कुराले गर्दा त्यहाँका जनताले भोग्नुपरेको शास्ती राज्यले दिने सौतेनी व्यवहार जस्तो भएको छ।’ उनले कालीकोट र दैलेखको सीमामा पर्ने सडक सञ्जालमा संरचना बनाउनुपर्नेमा भत्काउने काम भइरहेको भन्दै तत्कालै सडक विभाग स्थापना गर्न सरकारसँग माग गरिन्। विद्युतका नाङ्गो तारका कारण दिनहुँ हजारौँ मानिसले अकालमा ज्यान गुमाइरहेको र कैयौँ ठाउँमा पोलहरू ढलेको अवस्थामा पनि सरकार मौन बसेकोमा उनले असन्तुष्टि जनाइन्। ‘सरकार आधुनिक जमानाको कुरा गर्छ, हामीले कहाँ छौँ भनेर ऐना हेर्ने हो कि ?’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी