2026-09-15 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

2026-09-15

काठमाडौँ | खोटाङमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोलीले लागेर एकको मृत्यु भएको छ । बाँदर धपाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले चलाएको बन्दुकको गोलीले लागेर सोही ठाउँका ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।

बन्दुकको गोलीले लागेका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। भरुवा बन्दुकको गोलीले श्यामबहादुरको टाउकोमा लागेको थियो। भलबहादुरले बाँदर ठानेर बन्दुक चलाउँदा सँगै गएका तामाङलाई गोली लागेको पाइएको प्रहरीले जनाएको छ।

मृतक श्यामबहादुर भलबहादुरका आफ्नै काकाका छोरा हुन्। भलबहादुरलाई अस्थायी प्रहरी पोष्ट खार्मीबाट खटिएका प्रहरीको टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक निराजन बस्नेतको कमाण्डमा सोको सहितको ६ जनाको टोली घटनास्थल पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु