2026-09-16 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने

2026-09-16

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट भएकाले एउटै कामका लागि विभिन्न निकायबीच दोहोरोपन आवश्यक नरहेको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारका विभिन्न निकाय, मन्त्रालय, विभाग र संयन्त्रले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए। उनले विपद्का बेला स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको बताए ।

‘सरकारको जिम्मेवारी सरकारले र प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका र स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन,’ उनले भने, ‘स्थानीय तहका वडा अध्यक्षसँग फोनमा कुराकानी हुने, पालिकाका प्रमुखहरूसँग बसेर घण्टौँ गहन छलफल हुने भनेको कामको बाँडफाँट हो।’

लामिछानेले विपद् व्यवस्थापनमा संघीय सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको बताए। वन तथा वातावरण, महिला तथा बालबालिका, गृहलगायत मन्त्रालय र तिनका विभाग तथा संयन्त्रहरू राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काममा जोडिएको उनको भनाइ छ। उनका अनुसार सरकारले सुरुमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो। त्यसपछि राहत वितरणको काम अघि बढाइएको र अब पुनःस्थापना तथा पुनर्निर्माणको लामो चरण बाँकी रहेको उनले बताए। ‘सरकारले सबैभन्दा पहिला खोजी उद्धारको कार्यमा जोडतोडका साथ तदारुकता देखायो। त्यसपछि राहतको विषयलाई लिएर अहिले काम भइरहेको छ,’ लामिछानेले भने, ‘राहतमा केही कमजोरी अवश्य भएको होला। यसको भौगोलिक जटिलता पनि छ। त्यसका बाबजुद काम भइरहेको छ।’

उनले पुनःस्थापना र पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू सक्रिय रहेको बताए। केही निकाय योजना निर्माणमा र केही फिल्डमै खटिएको उल्लेख गर्दै उनले नीतिगत तथा कार्यान्वयन तहका काम निरन्तर भइरहेको बताए। लामिछानेले सरकार ‘गुण्डागर्दी शैलीमा चलेको’ र सिंहदरबारबाट नभई ज्वागलबाट चलेको भन्ने आरोपबारे पनि प्रतिक्रिया दिए। उनले सरकार अप्ठ्यारो परेको अवस्थामा सम्बन्धित क्षेत्रमा पुगिरहेको र आफ्ना नीतिअनुसार काम गरिरहेको बताए। ‘सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ। सरकार आफ्ना नीतिहरूमा काम गरिरहेको छ। क्याबिनेटका निर्णयहरू सार्वजनिक भएका छन्, सबै कुरा छँदै छन्,’ उनले भने।

आफ्नै पार्टीका सांसद तथा नेताहरूबाट सरकारको आलोचना हुने गरेको विषयमा लामिछानेले रास्वपाभित्र आन्तरिक लोकतन्त्र बलियो रहेको बताए। पार्टीभित्रका नेताहरूले आफ्नै सरकारको आलोचना गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो। ‘कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कसैले त्यसको लाभ बढी वा कम उठाउँदा आफ्नै सरकारको पनि आलोचना गर्ने गरेका छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग